मिस्टर महानगर बडिबिल्डिङको तयारी पूरा

आषाढ ३, २०८२ मंगलबार
मिस्टर महानगर बडिबिल्डिङको तयारी पूरा

आगामी शुक्रवारदेखि शुरु हुने प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२ को तयारी पूरा भएको छ । काठमाडौं महानगरपालिका–२२ वडाको आयोजनामा आगामी असार ६ र ७ गते प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप हुँदैछ । आयोजक काठमाडौं महानगरपालिका वडा–२२ ले मंगलवार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । यस प्रतियोगिता कुल ६ तौलसमूहमा प्रतिस्पर्धा हुँदै छ। उक्त प्रतियोगिता राष्ट्रिय सभा गृहमा नै सन्चालन हुनेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images