ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीहरूको कार्यशैलीप्रति कडा आलोचना गर्नुभएको छ । मङ्गलवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आलोचना गर्नुभएको हो । उहाँले गर्दै कर्मचारीको कामप्रति समर्पण नदेखिने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । मन्त्री खड्काले समयमै सुधार नगरे हालको ढिलासुस्तीले देशलाई जटिल मोडमा पु¥याउने चेतावनी दिनुभयो ।