इजरायलले इरानमा हवाई आक्रमणको अर्को चरण शुरु गरेको बताएको छ । आफ्नो सैन्य अभियानलाई अगाडि बढाउन दृढ संकल्पित रहेको इजरायलको भनाइ छ । इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले निरन्तर इजरायली हवाई आक्रमणको परिणामस्वरूप इरानी सेनालाई पछि धकेल्दै गएको बतउनु भयो ।