राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आर.पी.विच्छाले राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीतिको सर्जरी गर्दा कुनै अंग काट्न आवश्यक भएपनि काटेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले नेपालमा माइग्रेसन (आप्रवासन समस्या) र वैवाहिक सम्बन्धमा दरार आउने समस्या विकराल बनिरहेको बताउनु भयो । आप्रवासन समस्याका कारण आइरहेको वैवाहिक सम्बधको समस्याबारे गम्भीर भएर सरकारले सोच्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सबै नीतिहरुमा उल्लेख्य सुधार ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँको अबको पुस्ता धरै अध्यन गरेको र सीपयुक्त हुने भएकाले उनीहरुमा सरकारको अबको लगानी हुनुपर्ने बताउनु भयो ।