पूर्वउद्योगमन्त्री एवं नेपाली काँग्रेसका नेता दिवंगत ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालयमा राखिएको छ । बुधवार बिहान उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको हो । ९० वर्षीय शास्त्रीको उपचारका क्रममा गत सोमवार निधन भएको थियो । पार्टी केन्द्रिय कार्यालय सानेपामा उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरु पुग्नुभएको थियो । पार्टी कार्यालयमा सभापति देउवासहितका नेताहरुले उहाँको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल