सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन

आषाढ ४, २०८२ बुधबार
सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुनचाँदी कारोबारलाई नियमन गर्ने कुनैपनि सरकारी निकाय नभएको बताउनुभएको छ ।  बुधवार सुन तथा सुनका गरगहनामा लगाइएको कर तथा दस्तुर र यसले उपभोक्तालाई पार्ने प्रभाव विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष महर्जनले यस्तो बताउनुभएको हो । उहाँले करिव नौ अर्ब रुपैयाँ वार्षिक राजश्व बुझाउने व्यवसाय नियम कानूनको दायराबाट बाहिर रहनु दुःखको कुरा भएको स्पष्ट पार्नुभयो । अध्यक्ष महर्जनले सुनचाँचीको कारोबार सनातनदेखि चलिरहेको र अहिलेपनि सनातनी परम्परा र रैथाने व्यवसायको रुपमा चलिरहेको दाबी गर्नुभयो । वर्तमान अवस्थामा यो व्यवसायमा केही वेथितिहरु निस्कन थालेसँगै व्यवसाय नै धरासायी हुन थालेको उहाँको भनाइ थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images