नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले जलविद्युत परियोजनाको बीमाका सवालमा गुनासाहरु धेरै रहेको बताउनुभएको छ । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले जलविद्युत परियोजनाको बीमा गर्ने सवालमा तहगत संलग्नतामा गुनासोहरु आउने गरेको बताउनुभएको हो । उहाँले बीमाको क्षेत्रमा काम गरिरहेकाहरुको सुझाव र सहयोगका आधारमा राज्यले तय गरेको प्राथमिकता अनुरुप तयारी नहुँदा लगानी आकर्षित गर्नसमेत समस्या भइरहेको उल्लेख गर्नुभयो । लगानी आकर्षित र सुरक्षित बनाउनका लागि बीमाको सुरक्षा आवश्यक रहेको स्पष्ट पार्दै अध्यक्ष ओझाले बीमा सुरक्षाका लागि ऋण सहयोगको सुरक्षासँगै ऋण सहयोगको सुरक्षाका लागि रेट्रोको सुरक्षाबारे स्पष्ट हुनुपर्ने बताउनु भयो ।