नेपालमा मनसुन र बाढीको जोखिमः जलवायु कुटनीति र अन्तरदेशीय सूचना प्रणालीको आवश्यकता

आषाढ ५, २०८२ बिहीबार
नेपालमा मनसुन र बाढीको जोखिमः जलवायु कुटनीति र अन्तरदेशीय सूचना प्रणालीको आवश्यकता

जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटनाहरूको आवृत्ति र तिब्रता बढाइरहेको छ । नेपाल, हिमाली र पहाडी भूभाग भएको मुलुक, मनसुनजन्य बाढी, पहिरो र अन्य प्राकृतिक विपद्हरूको उच्च जोखिममा छ । हालै भारतको केरलाबाट शुरु भएको मनसुनको दोस्रो चरण, बंगालको खाडी स्थानीय वायु प्रणालीसँग मिसिएर सक्रिय भएको छ, जसले दक्षिण भारतमा भारी वर्षा गराइरहेको छ भने आजबाट नेपालमा पनि सक्रिय भएको छ । जलवायुविद् डा. धर्मराज उप्रेतीकाअनुसार यो प्रणालीले भारतको आसाम, मेघालय, नेपालका विभिन्न क्षेत्र र तिब्बतसम्म भारी वर्षा निम्त्याउने अनुमान छ । नेपालमा आगामी चार दिन मध्यमदेखि भारी वर्षाको सम्भावना छ, जसले सिन्धुपालचोक, गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशमा जोखिम बढाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images