युवा तथ खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउट ऐनलाई समयानुकुल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समयमा नै नेपाल स्काउट ऐन ल्याउनको लागि मन्त्रालय प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले नयाँ ऐनले हाल देखिएका समस्याहरुको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । विपद्जन्य जोखिमबाट बच्न पूर्णतयारी तथा विपद्का लागि स्काउट स्वयंसेवकहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।