लागुपदार्थ दुर्व्यसनी न्युनिकरण गर्न नेपाल स्काउटको भुमिका महत्वपूर्णः उपराष्ट्रपति यादव

आषाढ ५, २०८२ बिहीबार
लागुपदार्थ दुर्व्यसनी न्युनिकरण गर्न नेपाल स्काउटको भुमिका महत्वपूर्णः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले लागुपदार्थ दुर्व्यसनीको चपेटामा परेका युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गराउन स्काउटका युवा युवतीहरुलाई परिचालन गर्नु राम्रो पक्ष भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा आइपर्ने विपद् व्यवस्थापन तथा उद्धार कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु संस्थाले अंगीकार गरेको महान उद्देश्य र लक्ष्यअनुरुपकै कदम भएको जिकिर गर्नुभयो । सबै क्षेत्र भूगोल, वर्ग र समाजको प्रतिनिधित्व गर्दै अघि बढ्न नेपाल स्काउट आफूलाई थप परिमार्जित, परिष्कृत, उन्नत, व्यवस्थित र समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्न जरुरी रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images