हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतिको सामना गर्नसक्छौँः उपप्रधानमन्त्री पौडेल

आषाढ ५, २०८२ बिहीबार
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतिको सामना गर्नसक्छौँः उपप्रधानमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरित अर्थतन्त्रको प्रवद्र्धनमार्फत नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतिहरुको सामना गर्नसक्ने बताउनुभएको छ ।  काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उच्च र दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय मानव पुँजी विकास, हरित अर्थतन्त्रको प्रवद्र्धन, सामाजिक समावेशीकरण एवं लगानी तथा व्यापार प्रवद्र्धनको माध्यमबाट नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतिहरुको सामना गर्नसक्ने बताउनु भयो । यसका लागि सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी तथा सामाजिक संघ संस्था, विकास साझेदार बीचको सहयोग र सहकार्य अझ घनिष्ठ बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images