उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आयोडिन नुनको आपूर्ति व्यवस्था पर्याप्त र गुणस्तरयुक्त रहेको बताउनुभएको छ । बिहीवार (आज) ‘नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणकाबारे प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा उहाँले आयोडिन नुन अहिले साल्ट टे«डिङबाट प्रभावकारी रुपमै आपूर्ति भइरहेको बताउनुभएको हो । घिमिरेकाअनुसार विगत ४० वर्षदेखि साल्ट टे«डिङ कर्पोरेसनले आयोडिन नुन गाउँ गाउँसम्म सहज, सुलभ रुपमा पु¥याइरहेको छ ।