प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् । भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन आयोगको माग गर्दै उनीहरु संसद अवरोध गरेका हुन् । सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मानव तस्करविरुद्धको आफूहरुको आन्दोलन जारी रहेको बताउनु भयो । उहाँले सरकारले लाखौँ नेपाली ठगिएमो विषयमा आन्दोलित हुँदा पनि नजरअन्दाज गरेको उहाँको आरोप छ । उहाँले संसदमा गृहमन्त्रीले जवाफ दिनेक्रममा आफूमाथि लागेका आरोपहरुको खण्डन र जवाफ दिने नभई भुइँमान्छेका आवाजमाथि कटाक्ष गरेको समेत आरोप लगाउनु भयो ।