महत्वपूर्ण विधेयकलाई कार्यसूचीमा राखेर अगाडि बढाउन माओवादी केन्द्रको माग

आषाढ ५, २०८२ बिहीबार
महत्वपूर्ण विधेयकलाई कार्यसूचीमा राखेर अगाडि बढाउन माओवादी केन्द्रको माग

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीय निजामति विधेयकसँगै अन्य विधेयकलाई कार्यसूचीमा राखेर अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले निजामती विधेयकसँगै, विद्यालय शिक्षासँग सम्बन्धित र नागरिकतासँग सम्बन्धित विधेयक अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले बजेट छलफलसँगै विधेयकहरु पारित गर्दै स्थानीय सरकार र प्रदेश सरकारका समस्याको हल गर्नुपर्नेतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले विधेयक छिटो प्रस्तुत गर्ने हो, छिटो ल्याउने भनेपनि व्यवहारमा भने भन्ने एकथोक र गर्ने एकथोक गरिरहेको सचेतक पाण्डेको आरोप थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images