संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले देशभित्रको निराशा चिर्दै नयाँ पुस्तालाई जागृत गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औँ जन्मोत्सवको अवसरमा काठमाडौंमा काठमाडौंमा आयोजित कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले युवापुस्तामा देखिएको पलायनको मनस्थिति रोक्न जरुरी रहेको बताउनु भयो । ‘केही हुँदैन यो देशमा’ भन्ने भाष्यले युवा पुस्तामा निराशा थपिएको उल्लेख गर्दै मन्त्री पाण्डेले साहित्यको माध्इमबाट समेत उनीहरुमा जागरण ल्याउन जरुरी रहेको बताउनु भयो ।