इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउन सांसदको माग

आषाढ ५, २०८२ बिहीबार
इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउन सांसदको माग

राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउनुपर्ने माग गर्नुभएको छ । बिहीवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो । उहाँले मध्यपूर्वमा देखिएको तनावका कारण इजरायल र इरानमा रहेका नेपालीहरूका परिवार विक्षिप्त रहेको बताउनु भयो । उहाँले मध्यपूर्वमा रहेका नेपालीहरू भन्दा बित्तिकै आउन सक्ने अवस्था नरहेको बताउँदै उनीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images