श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्ति तयार गर्न सरकारले आन्तरिक रोजगारी दशक मनाउन लागेको बताउनुभएको छ । बिहीवार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सीप नभएसम्म कुनै कुराको सम्भावना नहुने भएकाले यसैलाई मनन गरेर सरकारले रोजगारी दशक मनाउने घोषणा गरेको बताउनु भयो । उहाँले मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यक रहेको बताउँदै यसमा सरकारले ध्यान केन्द्रित गरिरहेको बताउनु भयो । उहाँकाअनुसार सरकारले दिएको रोजगारीमात्रै रोजगारी होइन । निजी क्षेत्रले समेत दिएको रोजगारी हो ।