नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले संविधानले भनेअनुसार तीन खम्बे अर्थनीतिको बेवास्ता गरेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले संविधानले भनेको तीनखम्बे अर्थनीतिको विपरित नवउदारवादी मान्यतामा बजेट गएको आरोप लगाउनुभएको हो । उहाँले आजको आवश्यकतामा पुँजी निर्माणको महत्वलाई बजेटले वोध नगरेको र पुजिएको अर्थतन्त्रको रुपमा सुशासनले थला पारेको अवस्थामा संघीयतालाई कार्यान्वयन नगर्ने अवस्थामा प्रश्तुत भएको दाबी गर्नुभयो । चालु खर्चको कटौतीका कुरा उठेको थियो, साना योजना नराख्ने कुरा उठेको थियो भन्दै सांसद शर्माले अर्थमन्त्रीलाई सुन्ना घटाउने र बढाउनेको अर्थमा लिनुभएको टिप्पणी गर्नुभयो ।