नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले नेतृत्वमा रहेकाहरुले खुट्टा कमाएमा मुलुक बन्न नसक्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले विनियोजित विधेयकमाथि सात वटा विषयमा छलफल गर्ने भनेर दलीय आधारमा समय मागेपनि अचानक तीन वटा विषयमा मात्र छलफल गर्ने भनिनु सांसदको कमजोरी नभएको स्पष्ट पार्नुभयो । शिक्षा, रोजगारी र दलालीको चंगुलमा परेर युवाहरु विदेश पलायन भइरहेको अवस्थामा बजेट ल्याउनु आवश्यक नभएको भन्दै बजेट भन्दा पनि आवश्यकतातर्फ गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।