सरकारलाई असार मसान्तसम्मको अल्टिमेटम दिँदै सुनचाँदी व्यवसायीहरुले स्थगित गरे आन्दोलन

आषाढ ५, २०८२ बिहीबार
सरकारलाई असार मसान्तसम्मको अल्टिमेटम दिँदै सुनचाँदी व्यवसायीहरुले स्थगित गरे आन्दोलन

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले असार मसान्तसम्म आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।  बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघहरुले जारी आन्दोलन असार मसान्तसम्म स्थगित गरी रचनात्मक कार्यक्रम गर्ने जनाएको हो । असार ४ गते सम्पन्न राष्ट्रिय भेलाले ४ बुँदे घोषणापत्र समेत जारी गरेको छ । नेपाल सरकारलाई २०८२ असार मसान्तसम्मको अल्टिमेटम दिई सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटको सन्दर्भमा पुनर्विचार गरी खारेज गर्नको लागि ज्ञापन पत्र दिने निर्णय गरेको छ । पत्रकार सम्मेलनका क्रममा बोल्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले नेपाल सरकारसँग विभिन्न समयमा भएका सहमति र प्रतिवद्धताको सम्मान गर्दै हाल भईरहेको विरोध एवं आन्दोलनका कार्यक्रमहरु २०८२ असार मसान्तसम्म स्थगित गरी रचानात्मक क्रियाकलाप गर्ने निर्णय गरेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images