राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिषा प्रकरण एकै नभएको बताउनुभएको छ । बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले उपसभामुखले लेखेको पत्र संसद परिसरभन्दा बाहिर नै ननिस्किएको र उपसभामुखले तत्काल गल्ती स्वीकार गरेर आगामी दिनमा यस्तो नहुने प्रतिवद्धता गरेको स्मरण गराउनु भयो । उहाँले हाल भिजिट भिषा प्रकरणमा गृहमन्त्री तानिदा नेपाली काँग्रेसले बचाउमात्र गरेको तर कारबाहीमा सघाउने वा कारबाही गर्नुपर्छ भन्नेतर्फसमेत ध्यान नदिएको आरोप लगाउनुभयो ।