भिजिट भिसा प्रकरणमा सरकार गम्भिर हुनुपर्छः सांसद सुवाल

आषाढ ५, २०८२ बिहीबार
भिजिट भिसा प्रकरणमा सरकार गम्भिर हुनुपर्छः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीजस्तो गम्भीर अपराधको समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सुवालले दोषी उम्कन नहुने भन्दै यस विषयमा निष्पक्ष छानविनको माग गर्नुभएको हो । उहाँले भिजिट भिसा प्रकरणमा सबै पार्टीका गृहमन्त्री जोडिएको हुनाले सत्तापक्ष र प्रतिपक्ष छानविनका लागि तयार नभएको हुनसक्ने आशंका पनि व्यक्त गर्नुभयो । उहाँले भिजिट भिसा लगायतका मुलुकमा विद्यमान समस्याको समाधानका लागि जनता जागरुक हुनुको विकल्प नरहेको पनि बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images