संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देश अहिले समृद्धिको बाटोतर्फ लम्किरहेको बताउनुभएको छ । रोल... बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बिग्रिएको नभइ जुरुक्कै उठेको बताउनु भयो । भूकम्पमा ढलेका संरचना बनेका, कोभिडका कारण शिथिल भएको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनु भयो । नेपाल कुनै भोकमरी, गृहयुद्धमा नरहेको र समृद्धिको बाटोमा अग्रसर रहेको बताउनु भयो ।