नेपाली यु–१६ क्रिकेट टोलीका कप्तान विपिन शर्माले मलेसियामा हुने एसिसीयु–१६ इस्ट जोन कपको उपाधि जितेर घर फर्कने बताएका छन् । आगामी जुन२२ देखि जुलाई ५ सम्म मलेसियाको बाङ्गीमा ५० ओभरको एसिसी यु–१६ इस्ट जोन कप हुँदैछ । उक्त कपमा नेपालसहित १० राष्ट्रले चुनौती प्रश्तुत गर्नेछन् । नेपाल गत संस्करणकोच्याम्पियन पनि हो । यसै प्रतियोगिताका लागि खेल्न जाने बिदाइ कार्यक्रममा विपिनले नेपालयस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन रहेको र यस प्रतियोगिता जित्ने लक्ष्यसहित जानेबताए । उनले यु–१६ टोलीका लागि यो प्रतियोगिताले राम्रो गर्ने विश्वास पनि व्यक्त गरे ।