सुकुटेमा वागमती महिला बिच रग्बी प्रतियोगिता हुने

आषाढ ६, २०८२ शुक्रबार
सुकुटेमा वागमती महिला बिच रग्बी प्रतियोगिता हुने

वागमती बिच रग्बी महिला प्रतियोगिता पहिलो संस्करण असारको दोस्रो साता हुने भएको छ । नेपाल रग्बी संघको आयोजना र बागमति प्रदेश रग्बी संघको व्यवस्थापनमा पहिलोपल्ट बिच रग्बी प्रतियोगिता हुन लागेको हो । सिन्धुपाल्चोकको सुकुटेबिचमा उक्त प्रतियोगिता हुने भएको छ । संघका प्रवक्ता तथा कोषाध्यक्ष दीपक अधिकारीका अनुसार प्रतियोगिता असार ८ र ९ गते (आइतबार र सोमवार) हुनेछन् । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा यो प्रतियोगिता हुन लागेको हो । बागमति प्रदेश खेलकुद विकास परिषद् र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा हुने प्रतियोगितामा कुल ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images