शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय नरहेको बताउनुभएको छ । शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अब योग संसारको साझा जीवन पद्धतिको रुपमा अगाडि बढेको बताउनु भयो । उहाँले योग र ध्यानले मानिसलाई आफूभित्र हेर्न, आफ्नो मनस्थिति छाम्न र आफ्नो चिन्तनको लागि प्रेरित गर्ने जिकिर गर्नुभयो ।