खेलाडीहरुको जस्तो पवित्र भावना शासकहरुमा भइदिए मानिसहरु ढुक्कसँग निदाउन सक्थेः प्रधानमन्त्री

आषाढ ७, २०८२ शनिबार
खेलाडीहरुको जस्तो पवित्र भावना शासकहरुमा भइदिए मानिसहरु ढुक्कसँग निदाउन सक्थेः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जीवनका लागि अपरिहार्य रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य सबैभन्दा ठूलो धन भएको बताउनुभएको हो । उहाँले शारीरिक र मानसिक, पारिवारिक, समुदायको स्वास्थ्य, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य समेतलाई व्यक्तिगत शारीरिक र मानसिक स्वास्थ्यले समेटिरहेको बताउनु भयो । उहाँले युद्धरत देशका शासकहरुको मष्तिष्कमा शान्ति, मानवताको भाव आउनुपर्ने बताउनु भयो । उहाँले अरुको देशमा हमला गरेर, मान्छे मारेर जित्ने नभइ खेल खेलेर जित्नु उचित हुने बताउनु भयो । खेलाडीहरुको जस्तो पवित्र भावना विश्वका शासकहरुमा भइदिने हो भने दुुनियाँ धेरै शान्तिपूर्ण हुने र ढुक्कसँग मानिसहरु निदाउन सक्ने जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images