मलेसियाको जोहोर राज्यमा इन्जिन तेल र लरी भण्डारण गर्ने औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको छ । नजिकै बस्नेहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । जोहोर अग्नि तथा उद्धार विभाग सञ्चालन केन्द्रकाअनुसार स्थानीय समय अनुसार १२ः४५ बजेतिर अग्नि नियन्त्रकहरूलाई आगलागीको बारेमा शतर्क गराइएको थियो । अग्नि नियन्त्रकहरूले राज्यको राजधानी जोहोर बाहरू नजिकैको पासिर गुडाङ शहरमा रहेको लरी डिपोमा सक्रिय आगो फेला पारेका थिए ।