केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र हुन नेपालले प्रक्रिया अघि बढाउने भएको छ । आईतवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र हुनका लागि नेपालले प्रक्रिया अघि बढाउने तयारी गरेको बताउनुभएको हो । हवाई टिकट मूल्य घटाउन राष्ट्रिय एयरलाइन्सको संख्या बढाउनुपर्ने तर नेपालसँग जहाँज किन्नका आर्थिक अभाव रहेको बताउनु भयो । उहाँले आर्थिक अभावलाई मध्यनजर गरेर सरकारले केप टाउन कन्भिन्सनमार्फत भाडामा जहाँज लिनेगरी छलफल अघि बढाएको जानकारी दिनुभयो ।