काठमाडौं विश्वविद्यालयले नेशनल प्याबसनलाई प्रि–स्कुल पाठ्यक्रम हस्तान्तरण गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुईंटेलले पाठ्यक्रम नेशनल प्याब्सनकी केन्द्रिय अध्यक्ष गीता राणा क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको हो । देशभर सञ्चालन भइरहेका प्रि–स्कुल शिक्षामा एकरूपता ल्याउने उद्देश्यसहित काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन (केयूएसओइडी) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को सहकार्यमा तयार गरिएको प्रि–स्कुल पाठ्यक्रम नेशनल प्याब्सनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।