प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको शुरुवातको भूमि भएको बताउनुभएको छ । आईतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताउनु भयो । उहाँले स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको बताउनु भयो । पुराना विधि र पद्धतिहरुको उपयोग गर्न पनि आवश्यक रहेको बताउनु भयो ।