स्कटल्याण्डमाथिको जितले टोलीको मनोबल थप बढ्नेछ– रोहित

आषाढ ८, २०८२ आइतबार
स्कटल्याण्डमाथिको जितले टोलीको मनोबल थप बढ्नेछ– रोहित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड र स्कटल्याण्डजस्ता बलिया टोलीविरुद्ध राम्रो प्रदर्शसँगै जित निकाल्नुले आगामी खेलमा टोलीको मनोबल थप बढ्ने बताएका छन् । आईतवार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षक स्टुआर्ट लको आगमनसँगै थोरै समयमा धेरै सुधार आएको भन्न नसकिने उल्लेख गर्दै टोलीको वातावरण भने राम्रो बनेको उल्लेख गरेका छन् । स्कटल्याण्डमा नेपालले आइसिसी विश्वकप लिग–२ को चार खेलमध्ये तीन जित दर्ता गरेको थियो । लिग–२ को अंकतालिकामा कमजोर देखिएको नेपालले यो भ्रमणमा भने सुधारिएको प्रदर्शन गरेको देखिएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images