निर्माणाधीन संसद भवनको उपलब्धिबारे तीन दिनभित्र जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सोमवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले शहरी विकास मन्त्रालयलाई निर्माणाधिन संसद भवनको उपलब्धि जानकारी गराउन निर्देशन दिएको हो । समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै समिति सभापति ठाकुरप्रसाद गैरेले शहरी विकास मन्त्रालयलाई तीन दिनभित्र संसद भवनको बारेमा भइरहेको भौतिक प्रगति र सांसदहरुले उठाएका प्रश्नको कार्यान्वयनबारे जानकारी गराउन निर्देशन दिनुभयो ।