नेपालका सुनचाँदी व्यवसायीहरुको संरक्षण गरी कर प्रणाली चुस्त बनाउन संसदीय समितिले निर्देशन दिएको छ । सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले सरकारलाई उद्योगी व्यवसायीहरुको संरक्षण गर्न र राज्यले पनि आफ्नो कर प्रणाली चुस्त बनाउन अर्थ समितिले सरकारलाई निर्देशन दिएको हो । समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सन्तोष चालिसेले अरु देशमा बजार नजाने गरी यहाँका उद्योगी व्यवसायीहरुको संरक्षण गर्नेगरी यसलाई सम्पूर्ण शुद्धिकरण गर्नुपर्ने बताउनु भयो । उद्योगी व्यवसायी बाँकी रहे मात्रै कर उठ्ने भन्दै उहाँले उद्योगी व्यवसायीहरुको संरक्षण गर्ने किसिमको नीति आवश्यक रहेको बताउनु भयो ।