नेपाल पिछडा वर्ग महासङ्घ र द.वा.पी. सङ्घर्ष समितिले काठमाडौंमा शान्तिपूर्ण धर्ना दिएको छ । महासङ्घ केन्द्रिय कार्य समिति तथा द.वा.पी. सङ्घर्ष समितिले विभिन्न मागहरूसहित सहित माईतीघर मण्डलामा धर्ना दिएका हो । गत वर्षको फागुन १९ गतेदेखि शुरु भएको उनीहरूको शान्तिपूर्ण आन्दोलन तथा धर्नाको आज ११४ औँ दिन हो । उनीहरूले उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिमा पदाधिकारीहरू यथाशीघ्र नियुक्ति गरी कार्यालय सञ्चालन गर्नुपर्ने लगायतका मागसहित आन्दोलनमा उत्रिएका हुन् ।