प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा विद्युत खरिदमा ‘टेक एण्डे पे’ प्रावधान राखेर गम्भीर गल्ति गरेको बताउनुभएको छ । नेपाल पूर्वाधार पत्रकार समाजले टेक एण्ड पे पीपीएको व्यवस्था र जलविद्युतमा पार्ने प्रभावका बारेमा आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारले ल्याएको टेक एण्ड पेको व्यवस्थाले सिंगो उर्जा क्षेत्रलाई आंतकित गरेको भन्दै यसबारे समितिले निर्णय लिने उद्घोष गर्नुभएको हो । उहाँकाअनुसार भर्खरै अघि बढ्न थालेको यो क्षेत्रलाई आतंकित बनाउनु हुँदैन ।