राजश्व सचिव दिनेशकुमार घिमिरेले मुलुक ग्रेलिस्टमा पर्दा राष्ट्रलाई ठूलो संकट परेको बताउनुभएको छ । सोमवार बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले ग्रेलिस्टबाट शिघ्र बाहिरिन सरकारले कार्ययोजना बनाएर प्रभावकारी रुपमा कार्यान्वयन थालेको बताउनुभएको हो । सचिव घिमिरेकाअनुसार एफएटिएफको ग्रे लिस्टमा पर्नुको कारण उच्च जोखिमयुक्त नगद कारोबारको क्षेत्रहरुमा अपर्याप्त निगरानीले मुलुक ग्रे लिस्टमा पर्नुको एउटा कारण हो ।