नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले बजेटले किसानको विपक्षमा काम गरेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले सरकारले वर्तमान सरकार किसानको भन्दापनि व्यापारीको पक्षमा रहेको आरोप लगाउनुभएको हो । उहाँले उखु किसानलाई दिइँदै आएको अनुदान बन्द गरेर उखुबाटै उत्पादन भएका गुँड, सक्खर र चिनीको भन्सार शुल्कमा तीस प्रतिशत घटाएर किसानलाई डस्ने र व्यापारीलाई पोस्ने काम गरेको दाबी गर्नुभयो ।