राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट परेको बताउनुभएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकपछि नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको व्यवस्थाको कारणले नै ४/५ जना मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा बढी बजेट परेको र अरूलाई अवहेलना गरेको जिकिर गर्नुभयो ।