प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न निर्देशन दिनुभएको छ । सोमवार ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले युवा संगठनलाई योजनावद्ध ढंगले मिसन ०८४ मा लाग्न निर्देशन दिनुभएको हो । उहाँले संगठनको युवाको हक हित, रोजगारीका कुराहरुका साथसाथै मिसन ०८४ लाई प्रमुख लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।