संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भएका विमानस्थलहरु सञ्चालन गर्न तथा नयाँ विमानस्थलसम्बन्धी मागहरु पूरा गर्न ५० अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताउनु भएको छ । प्रतिनिधि सभाको सोमवारको बैठमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले स्रोतको सीमितताका कारण धेरै योजना समेट्न नसकिएको प्रस्ट पार्दै मन्त्रालयले निर्माण गरेको बजेट तोकिएको सिलिङभित्रै सीमित बताउनु भयो ।