बालबालिका र महिला वर्गप्रति न्याय हुने गरी बजेट छुट्याइएको छः मन्त्री सुडी

आषाढ ९, २०८२ सोमबार
बालबालिका र महिला वर्गप्रति न्याय हुने गरी बजेट छुट्याइएको छः मन्त्री सुडी

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अगामी आर्थिक वर्षमा लैंगिक हिंसा निवारण, मानव बेचबिखन नियन्त्रण, अपांगता अधिकार प्रवद्र्धन, ज्येष्ठ नागरिक संरक्षण र महिला सशक्तिकरणजस्ता कार्यक्रमहरु सञ्चालन गर्नको लागि बजेट विनियोजन गरिएको बताउनुभएको छ ।  प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री सुडीले यस्तो बताउनुभएको हो । उहाँले एसियाली विकास बैंक र विश्व बैंकको सहयोगमा संचालित महिला उत्थान कार्यक्रम तथा लैंगिक हिंसा रोकथामका लागि एकीकृत सेवा पहुँच परियोजनालाई निरन्तरता दिइने बताउनु भयो । उहाँले महिला तथा बालबालिका वर्गप्रति समेत मन्त्रालयको बजेटले न्याय गर्ने जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images