उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेख जिल्लाको मिथेन ग्याँस उत्खनन कार्य एक वर्षभित्र शुरु गर्नेगरी मन्त्रायले योजना बनाएको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दैलेख जिल्लाको जलजलेमा ठूलो परिणाममा तेल ग्याँस अन्वेषणमा धेरैले चासो राख्नुभएको बताउनु भयो । यो आयोजना सञ्चालन गर्दा चिनियाँ जियोलोजिक सर्वे कम्पनीको तर्फबाट प्रारम्भिक रिपोर्ट आएको र प्रारम्भिक रिपोर्टले देशलाई नै खुशी बनाएको जिकिर गर्नुभयो ।