गरिब घर, परिवारको छनोट प्रक्रिया २०८२ भित्र सक्छौँः मन्त्री अधिकारी

आषाढ ९, २०८२ सोमबार
गरिब घर, परिवारको छनोट प्रक्रिया २०८२ भित्र सक्छौँः मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गरिब घर, परिवारको छनोट गर्ने प्रक्रिया २०८२ भित्र सक्नेगरी सरकार अघि बढेको बताउनुभएको छ ।  प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजित शिर्षकमाथि सांसदहरुको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १३ वटा जिल्लामा २०८२ भित्र गरिब घर, परिवारको छनोट गर्ने प्रक्रिया शुरु गरिएको बताउनु भयो । अरु जिल्लाहरुको पहिला पनि कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images