बर्खायम्, हिलाम्मे बाटो । बुटबल– दाउन्ने–नारायणगढको बाटो छिचोल्दै २४ घण्टा लगाएर कपिलवस्तु गजेडाका दिनेश विक काठमाडौं आए । साउदी अरब जान काठमाडौं आएका दिनेश यतिबेला काठमाडौंमा अलपत्र छन् । घरबाट हिँड्दा सब ठिकठाक थियो । काठमाडौं आएपछि बिहानपख उनलाई थाहा भयो टिकट क्यान्सिल भयो । सबै भिसा, कागजात ठिकठाक भएपनि उनी उड्न नपएको र १० बजेको टिकट रद्द भएको एयरलाईन्सले बताएको उनले बताए ।