अध्यागमन र भिजिट भिसा समस्या समाधान गर्न सरकारद्वारा उच्चस्तरीय छानविन समिति गठन

आषाढ १०, २०८२ मंगलबार
अध्यागमन र भिजिट भिसा समस्या समाधान गर्न सरकारद्वारा उच्चस्तरीय छानविन समिति गठन

गृहमन्त्री रमेश लेखकले अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानविन समिति गठन गरिएको जानकारी प्रतिनिधि सभामा गराउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले पूर्वमुख्यसचिव शंकरदार बैरागीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको जानकारी गराउनुभएको हो । पूर्वमुख्यसचिव बैरागीको संयोजकत्वको समितिमा अर्थमन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोईराला सदस्य रहनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images