पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेका सांसद डा. प्रकाशशरण महतले अहिलेकै तरिकाबाट दुई पक्षीय ऋणहरु लिन नहुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अहिलेको तरिकाबाट लिइरहेको बाइल्याटरल ऋणले नेपाललाई फाइदा गर्न नसकेको जिकिर गर्नुभयो । नेपालले उदार र महंगो दरमा ऋणहरु लिन नहुने उहाँको भनाइ छ ।