नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको बताउनुभएको छ । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रीले समितिमा आएर विधेयक छिटो गर्नुपर्छ भन्ने गर्नुभएको तर सरकारकै कारण विधेयक पारित हुनबाट ढिलाइ भइरहेको आरोप लगाउनु भयो । उहाँले सरकारले विधेयकबारे गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो ।