संसदको कार्यसूचिमा राखिएका विधेयकहरु हटाइनु राम्रो होइनः अध्यक्ष दाहाल

आषाढ ११, २०८२ बुधबार
संसदको कार्यसूचिमा राखिएका विधेयकहरु हटाइनु राम्रो होइनः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समितिबाट सर्वसम्मत पारित भइ संसदको कार्यसूचिमा राखिएका विधेयकहरु हटाइनु राम्रो नभएको बताउनुभएको छ ।  राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितिमा विचार विमर्श गेर पारित भएका विधेयकहरु सदनको कार्यसूचिमा चढेर हटाइनु राम्रो नहुने बताउनु भयो । विधेयकहरु समितिबाट सदनमा पुग्दाको बीचमा धेरै चलखेल हुने गरेको बताउनु भयो । देशको राजनीतिक परिस्थितिलाई हेरेर आफूले महत्वपूर्ण विधेयकका लागि पनि सरकारसँग केही समझदारी गरेर अघि बढेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images