नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रहरी प्रशासन भनेको सरकारको अनुहार भएको बताउनुभएको छ । रोल... राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रहरी र शान्ति सुरक्षा एक अर्कामा जोडिने भन्दै जनताले सरकारको काम हेर्ने सबैभन्दा पहिलो कुरा प्रहरी नै भएको जिकिर गर्नुभयो । उहाँले प्रहरीले राम्रो काम गरे जनताहरुले सरकारको कामलाई पनि राम्रोसँग लिने बतउनु भयो । तर प्रहरीको विगतको अनुभवहरु नेतृत्वमा राम्रो रहे पनि तल्लो स्तरमा राम्रो नरहेको बताउनु भयो ।